‘शत्रु गते’ को प्रिमियर शोका लागि नायक पल शाह जापानमा आउने

टोकियो । गीत संगीत र ट्रेलरका कारण चर्चामा रहेको चलचित्र ‘शत्रु गते’ को जापानमा प्रिमियर शो हुने भएको छ ।

बहुप्रतिक्षित मानिएको यो चलचित्रलाई ए–वान इन्टरटेन्मेन्टले जापानमा प्रदर्शन गर्न लागेको हो ।

चलचित्र आगामी अप्रिल ८ तारिख आइतबार जापानको राजधानी टोकियोस्थित नाकानो जिरो हलमा प्रदर्शन हुने ए–वान इन्टरटेन्मेन्टले जनाएको छ । चलचित्रको प्रिमियर शोका लागि नायक पल शाह र निर्माता एवं कलाकार किरण केसी जापान आउने पक्का पक्की भएको छ ।

चलचित्र टोकियोसहित नागोया, ओशाका, सिजुओका, गुन्मा, तोचिगी, ओकिनावा लगायतका स्थानमा समेत प्रदर्शन गरिने भएको छ । कमेडी र सामाजिक कथामा निर्माण गरिएको चलचित्र ‘शत्रु गते’ मा निर्देशक प्रदिप भट्टराईले चलचित्र विवाहमा बाधक बन्ने पात्रहरुको वरिपरि घुमेको छ ।

चलचित्रमा पल शाह, आँचल शर्मा, मदनकृष्ण श्रेष्ठ, हरिवंश आचार्य, बसुन्धरा भूसाल, राजाराम पौडेल, दीपकराज गिरी, दिपा७नतसी निरौला, शिवहरी पौड्याल, किरण केसी, प्रियंका कार्कीको मुख्य अभिनय रहेको छ ।

हरिवंश आचार्यको कथा, दीपकराज गिरी र निर्देशक भट्टराईको पटकथा रहेको यो चलचित्रलाई दीर्घ गुरुङले खिचेका हुन् । चलचित्रमा राजनराज शिवाकोटीको संगीत र कविराज गहतराजको नृत्य रहेको छ ।

चलचित्र नेपालमा यही चैत्र ९ गतेदेखि प्रदर्शन हुदैछ ।

ट्रेलर पनि हेर्नुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?