जनवरी २५ मा ‘पद्यमावत’ रिलिज हुने, अक्षयसँग हुने भयो भिडन्त

अन्तत, लामो समयको लफडापछि निर्देशक तथा निर्माता संजयलिला भन्सालीको बहुप्रतिक्षित चलचित्र ‘पद्यमावत’ जनवरी २५ बाट रिलिज हुने भएको छ ।
गतबर्षको डिसेम्बर १ तारिखमा प्रदर्शन मिति तोकिएतापनि विरोधका कारण यो चलचित्र रिलिज हुने सकेको थिएन । चलचित्रलाई भारतको सेन्सर बोर्डले हेरेपछि रिलिजको डेट तोकिएको हो ।

चलचित्रको नाम सुरुवातमा ‘पद्यमावती’ राखिएको थियो । तर, चलचित्र सेन्सर बोर्डले ५ वटा दृश्यमा केहि फेरवदल गर्न र नाम ‘पद्यमावत’ राख्न भनेको थियो ।
जनवरी २६ को बिदालाई मध्यनजर राख्दै ४ दिनको विकेन्डमा राम्रो कमाई गर्ने सोच यसको मेकरले लिएको प्रष्ट छ ।

यो चलचित्र जनवरी २५ मा आउने भएपछि यो मितिमा पहिले नै प्रदर्शन मिति तय गरेको चलचित्र ‘प्याडम्यान र ऐयारी’लाई अप्ठ्यारो पर्ने देखिएको छ । अक्षय कुमार, राधिका अप्टे र सोनम कपुर अभिनित चलचित्र ‘प्याडम्यान’ जनवरी २५ मा रिलिज हुने केहि महिना अगाडि नै तय भएको थियो । चलचित्र ‘ऐयारी’को प्रदर्शन मिति भने सर्ने भारतीय चलचित्र पण्डितहरुले बताएका छन् । चलचित्रमा दीपिका पादुकोण, साहिद कपुर र रणवीर सिंहको मुख्य भूमिका छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?