समुन्द्री सुरुङ पार गर्दै सुरु भयो जापानी बुलेट ट्रेन (फाेटाे फिचर)

टोकियो। जापानले आफ्नो उत्तरी द्विप होकाइदोका लागि राजधानी टोकियोबाट बुलेट ट्रेन सुचारु गरेको छ  ।

शनिवार राजधानी टोकियोबाट होकाइदो द्वीपको सिन-होकादेत-होकुतो शहरका लागि पहिलो पटक बुलेट ट्रेन छुटेको हो । जापानले यो प्रोजेक्टको थालनी सन् १९७३ मा जापानमा बुलेट ट्रेन कुद्न चल्न सुरु भएको ९ सालपछि भएको थियो ।

japan-bullet_train 1

तर यो प्रोजेक्ट जापानमा चरम आर्थिक मन्दी भएपछि सन् १९८२ मा स्थगित हुन पगेको थियो । संसारको सबैभन्दा लामो समुद्री सुररुङ छिचोल्दै यहाँ बुलेट ट्रेन गुड्न थालेको हो । टोक्योबाट होकुतोसम्मको लम्बाई १४५ किलोमिटर रहेको छ। जसमा ५३ किलोमिटर लामो सेइकेन सुरुङ पनि सामेल रहेको छ ।

यो संसारको सबैभन्दा लामो समुद्री सुरुङ हो । होकाइदो द्वीप बुलेट ट्रेनबाट जोडिएपछि यस इलाकामा पर्यटकको संख्या बढ्ने आशा जापानले गरेको छ ।

japan-bullet-train2

यहाँ २६० किलोमिटर प्रतिघन्टाका दरले बुलेट ट्रेन कुद्नेछ । यो प्रोजेक्ट पुरा गर्न जापानले करिब साढे पाँच सय अर्ब नेपाली रुपैयाँ खर्च गरेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?