२८ वर्षपछि विश्वकप खेल्दा नर्वेको शानदार जित

|

टोकियो । विश्वकप फुटबल अन्गर्तगत बुधबार बिहान भएको खेलमा नर्वेले इराकमाथि शानदार जित निकालेको छ ।

इंग्लिस क्लब म्यान्चेस्टर सिटीबाट खेल्ने एर्लिङ हालान्डले दुई गोल गरेपछि २८ वर्षपछि विश्वकपमा पुनरागमन गरेको नर्वेले अमेरिकाको बोस्टन स्टेडियममा इराकलाई ४–१ गोलअन्तरले पराजित गरेको हो ।

नर्वेको जितमा एर्लिङ हालाण्डले दुई र लियो ओस्टिगार्डले एक गोल गर्दा एक गोल भने इराकका आयमन हुसेनले आत्मघाती गरेका थिए ।

हालाण्डले खेलको २९औं मिनेटमा गोल गर्दै नर्वेलाई अग्रता दिलाएका थिए । त्यसको १० मिनेटपछि इराकका हुसेनले गोल गर्दै खेल बराबरीमा फर्काए ।

खेलको ४३औं मिनेटमा हालाण्डले व्यक्तिगत दोस्रो गोल गर्दै नर्वेलाई दोस्रोपटक अग्रता दिलाए । खेलको ७६औं मिनेटमा नर्वेका लियोले हेडमार्फत गोल गर्दै खेललाई ३–१ को अवस्थामा पुर्‍याए ।

दोस्रो हाफको इन्जुरी समयको छैटौं मिनेटमा आत्मघाती गोल भएपछि नर्वे ४–१ ले वियजी भयो ।

यो जितपछि नर्वे ३ अंकसहित समूह ‘आई’ को शीर्ष स्थानमा छ । समान ३ अंक रहेको फ्रान्स गोलअन्तरका आधारमा दोस्रो स्थानमा छ । सेनेगल र इराक अंकविहीन छन् ।

नर्वेले पछिल्लोपटक सन् १९९८ मा विश्वकप खेलेयता विश्वकपमा छनोट हुन सकेको थिएन ।