एजेन्सी। अमेरिका र इरानबीच युद्धविराम र स्थायी शान्तिका लागि वार्ता चलिरहेका बेला अमेरिकाले इरानमाथि हमला गरेको छ ।
अमेरिकी सेनाले इरानस्थित होर्मुज स्ट्रेटमा बारुदी सुरुङ बिच्छ्याइरहेका बेला बोटहरुलाई निशाना बनाएको दाबी गरेको छ । योसँगै बन्दर अब्बास पोर्ट नजिकै रहेको सरफेस टु एयर मिसाइल क्षेत्रमा पनि हमला भएको छ ।
अमेरिकी सेन्ट्रल कमाण्ड (सेन्टकम) आत्मरक्षाका लागि कारबाही गरिएको दाबी गरेको छ ।
सेन्टकमका प्रवक्ता टिमोथी हकिन्सले अमेरिकी सैनिक र युद्धपोतलाई खतराबाट बचाउन हमला गर्नुपरेको दाबी गरेका छन् ।
अमेरिकी सेनाले बारुदी सुरुङ बिच्छ्याउदा अन्तर्राष्ट्रिय जहाज र अमेरिकी युद्धपोतलाई खतरा हुनसक्ने बताएको छ ।
यद्यपि हकिन्सले युद्धविराम भएका कारण अमेरिकी सेनाले संयम अपनाएको दाबी गरेका छन् । विशेषज्ञहरुले अमेरिकी हमलाले इरानसँग जारी वार्तामा रोकावट पैदा गर्नसक्ने चिन्ता व्यक्त गरेका छन् ।
यसअघि पनि अमेरिकाले इरानसँग परमाणु वार्ता भइरहेका बेला २८ फेब्रुअरीमा हमला गरेपछि इरानमा युद्ध चर्किएको थियो । हाल पाकिस्तानको मध्यस्थतामा युद्ध अन्त्यका लागि वार्ता भइरहे पनि निष्कर्षमा पुग्न सकेको छैन ।


