आफ्नो अपहरणमा परेका इजरायलीबारे हमासको कठोर जवाफ

प्यालेस्टाइनको विद्रोही संगठन हमासले इजरायली बन्दकबारे युद्ध अन्त्य नभएसम्म कुनै वार्ता नगर्ने बताएको छ ।

हमासको राजनीतिक शाखाका प्रमुख इस्माइल हानियाले भने, ‘दुश्मनका कैदीका बारेमा जानकारी लिन जतिले हामीसँग सम्पर्क गरेका छन्, उनीहरुलाई हामीले यो फाइल युद्ध अन्त्य नभएसम्म नखुल्ने जवाफ दिएका छौं ।’

इजरायलले शनिबार गरेको हमलाका क्रममा १ सय देखि १५० जनालाई हमासले अपहरण गरेको जनाएको छ ।

यसैबीच इजरायलको सेनाले गाजापट्टीमा हमासका अड्डाहरुलाई निशाना बनाइरहेको दाबी गरेको छ ।

इजरायलको वायुसेनाले गएराति मात्रै २०० अड्डामा हमला गरेको जनाएको छ ।

प्यालेस्टाइनी अधिकारीहरुले गाजा क्षेत्रमा इजरायलको हमलामा अहिलेसम्म ७७० जनाको मृत्यु भएको र ४ हजार १ सयभन्दा बढी घाइते भएको जनाएका छन् ।

犀利士 ontent/uploads/2023/09/Eazy_pp_size_poster-share-650×338.jpg” alt=”” class=”wp-image-197057″ style=”width:840px;height:437px” width=”840″ height=”437″/>

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?