दक्षिण कोरियाको आलोचना हाँस्यास्पद : उत्तर कोरिया

उत्तर कोरियाले रुससँगको सम्भावित सैन्य सहयोग आदानप्रदानलाई लिएर दक्षिण कोरियाका राष्ट्रपति युन सोंग–न्योलले गरेको आलोचना हाँस्यास्पद भएको टिप्पणी गरेको छ ।

युनले गत साता संयुक्त राष्ट्र संघको महासभालाई सम्बोधन गर्दै उत्तर कोरियाले रुससँग सैन्य सम्बन्ध अघि बढाएमा दक्षिण कोरियाले पनि आफ्ना सहयोगी र साझेदार देशसँग मिलेर चुपचाप नबस्ने चेतावनी दिएका थिए ।

उत्तर कोरियाको सरकारी कोरियन सेन्ट्रल न्युज एजेन्सीले देशहरुबीचको मित्रता र सहयोग एक सम्प्रभु देशको वैध अधिकार भएको तथा क्षेत्रीय र वैश्विक शान्ति र स्थिरताका लागि आवश्यक रहेको जनाएको छ ।

अमेरिका, दक्षिण कोरिया र जापानको मुकाबिला गर्नका लागि उत्तर कोरियाले आफ्ना निकट छिमेकी देशसँग मैत्रीपूर्ण र सहयोगात्मक सम्बन्ध बलियो बनाउने उल्लेख गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?