पाकिस्तानमा रेल दुर्घटनामा १९ जनाको मृत्यु

पाकिस्तानको सिन्ध प्रान्तमा भएको रेल दुर्घटना हुँदा कम्तीमा १९ जनाको मृत्यु भएको छ । दुर्घटनामा कैयौं घाइते भएका छन् ।

यो दुर्घटना सिन्ध नजिकैको संघार जिल्लाको सरहरि कस्बेमा भएको थियो । आठवटा डिब्बा रेलको लिकबाट खसेका थिए । घाइतेहरू त्यसमा फसिरहेकाले उनीहरुलाई निकाल्ने प्रयास जारी छ ।

स्थानीय प्रहरी अधिकारी अबिद बलोचले दुर्घटनाग्रस्त रेलका ८ डिब्बा खाली गरिएको र दुईवटालाई सिधा बनाउन क्रेन मगाइएको जानकारी दिए ।

घाइते यात्रुहरूलाई नजिकैको अस्पतालमा उपचारका लागि लगिएको छ । उद्धार टोलीहरूले डिब्बाहरूमा फसेका मानिसहरूलाई निकाल्ने प्रयत्न गरिरहेका छन् ।

नवाबशाह र नजिकैको सिन्ध जिल्लाका अस्पतालहरूमा संकटकाल घोषणा गरिएको छ । सामाजिक सञ्जालमा राखिएका भिडिओहरूमा पल्टिएका डिब्बाहरूमाथिबाट केही यात्रुहरु निस्किरहेको देख्न सकिन्छ ।

संघीय रेलवे तथा उड्डयनमन्त्री ख्वाजा साद रफिकलाई उद्धृत गर्दै स्थानीय सञ्चारमाध्यमहरूले दुर्घटनाको कारणबारे अनुसन्धान गर्नुअघि सुरुमा उद्धारमा ध्यान दिइने उल्लेख गरेका छन् ।

सन् २०२१ मा सिन्ध प्रान्तमा दुईवटा रेल एक आपसमा ठोक्किँदा कम्तीमा ४० जनाको ज्यान गएको थियो भने दर्जनौं घाइते भएका थिए ।

सन् २०१३ देखि सन् २०१९ सम्म यस्ता दुर्घटनामा १५० जनाको ज्यान गएको स्थानीय सञ्चारमाध्यमहरूले जनाएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?