मेटाले ल्याएको सामाजिक सञ्जाल थ्रेड्समा ४ घन्टामै ५० लाख प्रयोगकर्ता

फेसब犀利士 ुक र इन्स्टाग्रामको सञ्चालक कम्पनी मेटाले थ्रेड्स् नामको नयाँ सामाजिक सञ्जाल लन्च गरेको छ ।

बुधबारराति साढे ११ बजे लन्च गरिएको यो एपले ट्विटरका परिवर्तनबाट रुष्ट रहेका प्रयोगकर्ताहरूलाई आकर्षण गर्ने अनुमान गरिएको छ ।

यो एप हाल नेपालसहित १०० वटा देशमा डाउनलोडका लागि उपलब्ध छ । तर नियमनको विषयका कारण युरोपियन युनियनका देशहरूमा यो उपलब्ध भइसकेको छैन ।

लन्च भएको चार घन्टामै यसमा ५० लाख प्रयोगकर्ताहरु जोडिएका छन् । यसमा प्रयोगकर्ताहरूले ५०० अक्षरसम्मका पोस्टहरू गर्न सक्छन् भने यसका विशेषताहरु ट्विटरसँग मिल्दाजुल्दा छन् ।

मेटाले यो एपलाई सुरुआती संस्करण भन्दै मास्टोडन जस्ता अन्य सामाजिक सञ्जाल जस्तै मानिसहरूसँग अन्तक्र्रिया गर्ने सुविधाहरू पनि थप गरिने बताइएको छ ।

कम्पनीले भनेको छ, ‘थ्रेड्सबारे हाम्रो लक्ष्य भनेको इन्स्टाग्रामले गरेको सबैभन्दा राम्रो पक्षलाई लिएर त्यसलाई शब्दमा विस्तार गर्नु हो ।’

यो छुट्टै एप भए पनि प्रयोगकर्ताहरूले आफूले प्रयोग गरिरहेको इन्स्टाग्राम खाताबाटै यसमा लगइन गर्न सक्नेछन् ।

यसले खाता खोल्दा उनीहरूले इन्स्ट्राग्राममा प्रयोग गरिरहेकै युजरनेम कायम रहन्छ । तर थ्रेड्सका लागि प्रयोगकर्ताहरूले आफ्नो प्रोफाइलमा रहने आफ्नो विवरण परिवर्तन गर्न पनि सक्नेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?