टर्कीमा फेरि गयो अर्को शक्तिशाली भूकम्प

टर्कीमा अर्को शक्तिशाली भूकम्प गएको छ । दुई साताअघि गएको शक्तिशाली भूकम्पका कारण हजारौं मानिसको ज्यान गएको छ ।

सोमबार गएको ६.४ म्याग्निच्युडको शक्तिशाली भूकम्पमा परी थप तीन जनाको मृत्यु भएको पुष्टि भएको छ ।

पछिल्लो भूकम्पका कारण टर्की र सिरियामा गरी ६८० जनाभन्दा बढी घाइते भएको पुष्टि भएको छ ।

टर्कीको विपद् तथा आपतकालीन मामिलासम्बन्धी निकाय अफादले स्थानीय समयानुसार सोमवार साँझ ८ ः०४ बजे भूकम्प गएको र त्यसपछि दर्जनौं परकम्पहरू मापन गरिएको जनाएको छ ।

सो क्षेत्रमै फेब्रुअरी ६ मा गएको ७.८ म्याग्निच्युडको भूकम्पले टर्की र सिरियामा गरी ४४犀利士 हजारभन्दा बढी मानिसको ज्यान गइसकेको छ ।

सोमवारको भूकम्पमा परी मृत्यु हुनेहरू अन्टाक्या, डफ्न र समन्डगीका बासिन्दा हुन् ।

टर्कीका आन्तरिक मामिलामन्त्री सुलेमान सोयलुले मानिसहरूलाई जोखिम भएका भवनमा प्रवेश नगर्न आग्रह गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?