टर्की र सिरियामा भूकम्पमा परी ४३ सयको मृत्यु

टर्कीमा आएको शक्तिशाली भूकम्पमा परी मृत्यु हुनेको संख्या ४ हजार ३ सय नाघेको छ । यस्तै भूकम्पमा परी १२ हजारभन्दा बढी घाइते भएका छन् ।

भूकम्पमा परी टर्की र सिरियामा ठूलो धनजनको क्षति भएको हो । भूकम्पले भत्किएका संरचनामा च्यापिएकाहरुको उद्दार जारी रहेकाले अझै मृतकको संख्या बढ्ने अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

भूकम्पपछि विभिन्न देशबाट उद्दारकर्ताहरु टर्कीमा पुगेर उद्दार कार्यमा खटिएका छन् । तर अन्तर्राष्ट्रिय प्रतिबन्धका कारण सिरियामा उद्दार कार्यमा समेत ढिलाई भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?