जापानका पूर्व प्रधानमन्त्री शिन्जो आबेको हत्यामा संदिग्ध व्यक्तिलाई अभियोग लगाईँदै


टोकियो ।
पश्चिमी जापानी प्रीफेक्चर नाराका अभियोजनकर्ता हरूले जापानका पूर्व प्रधानमन्त्री शिन्जो आबेको गोली हानी हत्या भएको घटनामा संदिग्ध व्यक्तिलाई घटनाको करिब ६ महिना पछि शुक्रबार अभियोग लगाउने योजना बनाएका छन् ।


गत जुलाई ८ मा नारामा चुनावी भाषण दिने क्रममा आबेको गोली हानी हत्या भएपछि प्रहरीले यामागामी तेत्सुयालाई पक्राउ गरेको थियो । हत्या र गैरकानूनी रूपमा बन्दुक बनाउने र प्रयोग गरेको अभियोगमा उनलाई पक्राउ गरिएको हो ।

४२ वर्षीय ती संदिग्धले युनिफिकेशन चर्च भनेर चिनिने धार्मिक समूह विरुद्धको रिसबाट उत्प्रेरित भइ आवेको हत्या गरेको को प्रहरीलाई बताए । उनले आफ्नी आमाको समूहलाई ठूलो चन्दाले आफ्नो परिवारलाई आर्थिक विनाशमा छोडेको दाबी समेत गरेका छन् ।


सोही धार्मिक समूहमा पूर्व प्रधानमन्त्री आवे पनि सम्बन्ध राख्ने व्यक्ति भएको आरोप ती संदिग्धले लगाए । अभियोजनकर्ताहरूले यामागामी मुद्दा चलाउन मानसिक रूपमा तयार रहेको ठहर गरेका छन् । लगभग छ महिना सम्म लामो मनोचिकित्सक मूल्याङ्कनमा पछि उनीहरुले यस्तो निष्कर्ष निकालैका हुन । यस मुद्दाको सुनुवाइ सामान्य न्यायाधीशले नै गर्नैछन । यस परीक्षणले जापानी समाजमा ठूलो प्रभाव पारेको घटनाको पछाडिको विवरण र उद्देश्य खुलासा गर्ने पर्यवेक्षकहरूले आशा गरेका छन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?