यस वर्ष पनि जापानको पासपोर्ट विश्वकै शक्तिशाली


टोकियो ।

जापानको पासपोर्ट फेरिपनि विश्वकै पहिलो शक्तिशाली पासपोर्ट बन्न सफल भएको छ ।
हेन्ले पासपोर्ट इन्डेक्सको पछिल्लो अपडेट अनुसार सन २०२३मा समेत जापान विश्वको शक्तिशाली पासपोर्टको सूचीमा शीर्ष स्थानमा रहन सफल भएको हो । जापानले २०२३ को संसारको सबैभन्दा शक्तिशाली पासपोर्टमा आफुलाई उभ्याउँदा १९३ विश्वव्यापी गन्तव्यहरूमा भिसा मुक्त प्रवेश अनुमति पाउन समेत सफल भएको छ ।


कोभिड जोखिम र विभिन्न नियमले यसैपनि कम प्रयोग भइरहेको अवस्थामा जापानको परराष्ट्र मन्त्रालयको पछिल्लो उपलब्ध तथ्याङ्क अनुसार २०२१ को अन्त्यमा २ करोड ४० लाख मात्र वैध जापानी राहदानी ओरी अवस्थामा रहेको छ । अघिल्लो वर्षको तुलनामा यो ३० लाख भन्दा कम हो । अर्थात जनसंख्याको केवल २० प्रतिशत भन्दा कमले मात्र यात्रा कागजात बोकेका छन । जापानपछि सिंगापुर र दक्षिण कोरियाले वरियतामा संयुक्त रुपमा दोस्रो स्थान कायम राख्न सफल भएका छन । त्यसपछि जर्मनी र स्पेन र त्यसपछि अन्य युरोपेली राष्ट्रहरू रहेका छन ।


लन्डनस्थित ग्लोबल नागरिकता र निवास सल्लाहकार फर्म हेन्ले एन्ड पार्टनर्सले जारी गरेको नयाँ त्रैमासिक प्रतिवेदन अनुसार सिंगापुर र दक्षिण कोरियाका नागरिकहरूले स्वतन्त्र रूपमा १९२ देश भ्रमण गर्न सक्छन ।


एशियाली शीर्ष तीन देशको तल युरोपेली देशहरू रहेका छन । जसमा तेश्रो नम्बरमा रहेका जर्मनी र स्पेन १९० गन्तव्यमा बाँधिएका छन । भने फिनल्यान्ड, इटाली, लग्जमबर्ग १८९ गन्तव्यमा छन । त्यसपछि १८८ देश घुम्न स्वतन्त्रता प्रदान गर्ने अस्ट्रिया, डेनमार्क, नेदरल्याण्ड र स्वीडेन पाँचौं स्थानमा छन भने १८७ देश घुम्न स्वतन्त्रता प्रदान गर्ने फ्रान्स, आयरल्यान्ड, पोर्चुगल र यूके छैठौंमा छन । बेल्जियम, नर्वे, स्विट्जरल्याण्ड र चेक गणतन्त्रसँगै न्युजिल्याण्ड र अमेरिका ७ नम्बरमा छन । यी देशका पासपोर्टवाहकहरु १८६ देशमा विना भिसा वा अन अराइभल भिसामा घुम्न सक्छन ।

आठौंमा १८५ देश घुम्न सकिने अष्ट्रेलिया, क्यानडा, ग्रीस र माल्टाका पासपोर्ट रहेका छन, भने हंगेरी र पोल्याण्ड १८४ देशमा यात्रा स्वतन्त्रताका साथमा नवौं नम्बरमा रहेका छन । लिथुआनिया र स्लोभाकिया दशौं नम्बरमा छन, जसले १८३ देश घुम्ने यात्रा स्वतन्त्रता प्रदान गर्छन । हेन्ले एण्ड पार्टनरको सूची वित्तीय फर्महरूले आफ्ना नागरिकहरूलाई प्रदान गर्ने पहुँचका आधारमा विश्वव्यापी राहदानीहरू क्रमबद्ध गर्नका लागि सिर्जना गरिएका धेरै सूचकांकहरू मध्ये एक हो।

हेन्ले पासपोर्ट सूचकांकले १९३ पासपोर्टहरुलाई पासपोर्टवाहक विना भिसा वा अन अराइभल भिसामा यात्रा गर्न सक्ने देशका संख्याका आधारमा १०९ वटा नम्बरमा सुचिकृत गरेको छ। कतिपय पासपोर्टहरुबाट बराबर देशको यात्रा गर्न सकिने भएकाले सुचकांक नम्बर १०९ मा सिमित गरिएको पाइएको छ। विश्वका ८ खराब पासपोर्टको सुचीमा नेपाल हेले पासपोर्ट सूचकांक अनुसार २०२३ मा राखका लागि सबैभन्दा खराब पासपोर्टहरूको टप ८ मा नेपाली पासपोर्ट पनि परेको छ ।

संसारका ४० वा त्यो भन्दा कम देशहरूमा विना भिसा वा अन अराइभल भिसा पहुचका आधारमा ८ खराब पासपोर्टको सुची तयार पारिएको हो । ८ खराबमा सबैभन्दा खराब अफगानिस्तान पहिलो नम्बरमा रहेको छ । अफगानिस्तानका पासपोर्टवाहकलाई २७ देशमामात्र विना भिसा वा अन अराइभल भिसा प्रवेश अनुमति रहेको छ ।

दोश्रोमा इराक रहेको छ । इराकका पासपोर्टवाहकलाई २१ देशमामात्र बिना भिसा वा अन अराइभल भिसा प्रवेश अनुमति रहेको छ। विश्वको सबैभन्दा कमजोर अफगान पासपोर्ट तेश्रोमा सिरिया रहेको छ। सिरियाका पासपोर्टवाहकलाई ३० देशमामात्र विना भिसा वा अन अराइभल भिसा प्रवेश अनुमति रहेको छ । चौथोमा पाकिस्तान रहेको छ । पाकिस्तानका पासपोर्टवाहक ३२ देशमामात्र विना भिसा वा अन अराइभल भिसा प्रवेश गर्न सक्छन् ।


पाँचौंमा यमन ३४ गन्तव्यका साथ, छैठौंमा सोमालिया ३५ गन्तव्यका साथ कमजोर पासपोर्टको सुचीमा रहेको छ । सातौं कमजोर पासपोर्ट नेपाल र प्यालेष्टाइन रहेको छ । यी देशका पासपोर्टबाट ३८ वटा देशमा विना भिसा वा अन अराइभल भिसामा प्रवेश गर्न सकिन्छ । कुल सुचकांकमा नेपाल १०३ औं नम्बरमा रहेको छ । उत्तर कोरिया विश्वको ८ औं खराबमा परेको छ । उत्तर कोरियाको पासपोर्टबाट विश्वका ४० गन्तव्यमा मात्र विना भिसा वा अन अराइभल भिसामा यात्रा गर्न सकिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?