
मेक्सिकोमा बन्दुकधारीले अन्धाधुन्ध गोली चलाउँदा १८ जनाको मृत्यु भएको छ । यो घटनामा मेक्सिको सिटीका मेयरको समेत मृत्यु भएको छ ।
स्थानीय अधिकारीहरुले संगठित अपराधसँग सम्बन्धित बन्दुकधारीले दक्षिण पश्चिम मेक्सिकोको सान मिगुएल तोतोलापनमा सिटी हल र नजिकै रहेको घरमा गोली चलाउँदा १८ जनाको मृत्यु हुनुका साथै ३ जना घाइते भएको जनाएका छन् ।
सो घटनाका केही तस्बिरहरु सार्वजनिक भएका छन् । जसमा भवनका पर्खालमा सयौं गोलीका निशाना छन् भने झ्यालका सिसा समेत टुटेका छन् ।
सामाजिक सञ्जालमा सार्वजनिक भइरहेका फुटेजहरुमा दर्दनाक दृश्यहरु देखिएका छन् भने कम्तीमा १० जनाको शव एक अर्काको नजिकै रहेको देखिन्छ ।
मृत्यु हुनेमा मेयर कोनराडो मेंडेजा, उनका बाबु तथा पूर्वमेयर जुआन मेंडेजा र सहरका प्रहरी अधिकारी समेत रहेका छन् ।
हमलापछि प्रहरीले जवाफी कारबाही गरे पनि बन्दुकधारी भाग्न सफल भएका छन् । चौतर्फी नाकाबन्दी गरेर प्रहरीले अपराधी समूहलाई पक्राउ गर्ने कोशिस गरिरहेको छ ।
यद्यपि अहिलेसम्म एक जनालाई पनि पक्राउ गर्न नसकेकाले प्रहरीले यसलाई सुनियोजित षढ्यन्त्र मानिरहेको छ ।
आपराधिक समूह लस टकिलेरोसले सामाजिक सञ्जालमा भिडियो सार्वजनिक गर्दै आक्रमणको जिम्मेवारी लिएको छ ।