
क्यानडामा छुरा प्रहार गरी १० जनाको हत्या भउको छ भने एक दर्जनभन्दा बढी घाइते भएका छन् ।
क्यानडाको मध्य सास्काचेवान प्रान्तमा भएको सो घटनाका आरोपीहरुको प्रहरीले खोजी गरिरहेको छ ।
घटनामा संलग्न रहेको आशंकामा प्रहरीले ३१ वर्षीय डिमियन स्याण्डरसन र ३० वर्षीय मिल्स स्याण्डरसनको तस्बिर प्रहरीले सार्वजनिक गरेको छ ।
घटना उत्तर पूर्वमा रहेको आदिवासी क्षेत्र जेम्स स्मिथ क्रि नेसन र नजिकैको वेल्डनसहित विभिन्न १३ स्थानहरूमा भएको हो ।
प्रहरीले स्थानीयहरूलाई सुरक्षित स्थानमा रहन र आफ्नो निवासमा अरु कसैलाई ल्याउनुअघि सावधानी अपनाउन अनुरोध गरेको छ ।