नासाले रोक्यो चन्द्रमामा पठाउने शक्तिशाली रकेटको लन्च

अमेरिकी अन्तरिक्ष एजेन्सी नासाले चन्द्रमातर्फ पठाउन लागेको अहिलेसम्मकै शक्तिशाली रकेट स्पेश लन्च सिस्टम (एसएलएस) को प्रक्षेपण रद्द गरेको छ ।

नासाको यो शक्तिशाली रकेटको आर्टेमिस मिसनअनुसार ५० वर्षपछि फेरि मानिसलाई चन्द्रमामा पठाउने तयारी भइरहेको छ ।

यो रकेट फ्लोरिडाको केनेडी स्पेस सेन्टरबाट स्थानीय समयअनुसार सोमबार बिहान साढे ८ बजे अन्तरिक्षतर्फ जाने कार्यक्रम थियो ।

स्पेस लन्च सिस्टमका लन्च डाइरेक्टर चार्ली ब्ल्याकवेल थोम्पसनले इन्जिनमा आएको प्राविधिक समस्याका कारण आर्टेमिस प्रोजेक्ट लन्च रद्द गरिएको बताएका छन् । इन्जिनियरहरु प्राविधिक समस्या समाधानको कोशिस गरिरहेका छन् ।

नासाका डेरोल नेलले २ सेप्टेम्बरमा लन्च हुनसक्ने तर इन्जिनमा आएको खराबी समाधानमा निर्भर हुने बताए । यो अभियान सफल भएमा सन् २०२४ मा एकपटक फेरि मानिसले चन्द्रमामा पाइला राख्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?