चीनसँग बढ्दो तनावबीच अमेरिकाले ताइवानलाई गोला–बारुद दिने

चीनसँग बढ्दो तनावबीच अमेरिकाले ताइवानलाई गोलबारुदसहित सैन्य सामग्री दिने भएको छ ।

ताइवानले गोलाबारुद, अपाचे र ब्ल्याक हक हेलिकोप्टरका पाटपुर्जाका लागि अमेरिकासँग ४ करोड ५० लाख डलरको सम्झौता गरेको हो ।

ताइवानको ताइपे टाइम्सले रक्षा मन्त्रालयको सूचनालाई उदृत गर्दै अमेरिकासँग सम्झौता भएको उल्लेख गरेको हो ।

सो पत्रिकाका अनुसार एक रक्षा अधिकारीले चिनियाँ भाषाको लिबर्टी टाइम्सलाई यो सम्झौता डिसेम्बर २०२८ सम्मका लागि भएको बताएका छन् ।

ताइवान क्षेत्रमा बढ्दो तनावबीच यो सम्झौता भएको खबर बाहिर आएको हो ।

ताइवानको स्रोतका अनुसार यदि चीनले घेरेमा उसको सेनासँग हेलिकोप्टरसहित लड्नका लागि पर्याप्त गोलाबारुद र स्पेयर पार्ट्स हुनेछन् ।

अमेरिकास्थित ताइवानका प्रतिनिधि सियाओ बिखिमले चिनियाँ सैन्य अभ्यासपछि ताइवान रक्षा क्षेत्रमा थप खर्च गरिरहेको छ ।

अमेरिकी संसदकी सभामुख न्यान्सी पेलोसीको भ्रमणबाट रुष्ट बनेको चीनले अमेरिकालाई ताइवानलाई हतियार नबेच्न चेतावनी दिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?