
अमेरिकाका पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पले फ्रिडास्थित आफ्नो निवासमा एफबीआईले छापा मारेको बताएका छन् ।
उनले पाम बीचमा रहेको उनको घर मार–अ–लागोमा ठूलो संख्यामा एफबीआईका एजेन्टहरुले आफ्नो नियन्त्रणमा लिएको जनाएका छन् ।
ट्रम्पले राष्ट्रपति भएको समयमा सरकारी दस्ताबेजलाई कसरी प्रयोग गरेका थिए भन्नेबारेमा छानबिनका लागि छापा मारेको बताइएको छ ।
गत वर्ष संसद भवन क्यापिटल हिलमा भएको हिंसालाई लिएर ट्रम्पमाथि संसदीय समितिले जाँच गरिरहेको छ ।
फ्लोरिडास्थित घरमा एफबीआईले छापा मारेको समयमा ट्रम्प भने न्युयोर्कस्थित ट्रम्प टावरमा थिए ।
ट्रम्पले आफूले छानबिनमा पूर्ण सहयोग गरिरहेका बेला आफूलाई सन् २०२४ को राष्ट्रपति निर्वाचन लड्न नपाउने गरी न्यायपालिकालाई प्रभावित पारेर आफूविरुद्ध फैसला गराउने कोशिस भइरहेको आरोप लगाएका छन् ।
उनले यो घटनाले अमेरिका पनि तेस्रो विश्वका मुलुकजस्तै भ्रष्ट देशका रुपमा चिनाउन खोजेको टिप्पणी समेत गरेका छन् ।