
जापानका प्रधानमन्त्री फुमियो किशिदाले ताइवान नजिकै चीनले जारी राखेको सैन्य अभ्यासको निन्दा गर्दै यसलाई ठूलो समस्या भएको टिप्पणी गरेका छन् ।
उनले चीनको आक्रामक क्रियाकलापलाई जापानको क्षेत्रीय शान्ति र सुरक्षाका लागि समेत ठूलो खतरा भएको बताएका छन् ।
अमेरिकी सभामुख न्यान्सी पेलोसीको ताइवान भ्रमणपछि चीनले चार अगस्टदेखि ताइवानलाई घेरेर सैन्य अभ्यास गरिरहेको छ ।
चीनले सैन्य अभ्यासका क्रममा प्रहार गरेका ५ वटा मिसाइल जापानको विशेष आर्थिक क्षेत्रमा खसेका थिए । त्यसलगत्तै जापानी प्रधानमन्त्री किशिदाले तत्काल सैन्य अभ्यास रद्द गर्न माग गरेका थिए ।