अमेरिकी ड्रोन हमलामा मारिए अलकायदा नेता जवाहिरी

अमेरिकाले अफगानिस्तानमा ड्रोन हमला गर्दा अल–कायदा नेता आयमन अल–जवाहिरीको मृत्यु भएको छ ।

अमेरिकी राष्ट्रपति जो बाइडेनले यसको पुष्टि गरेका हुन् । आइतबार अमेरिकी सेन्ट्रल इन्टेलिजेन्स एजेन्सी (सीआईए) ले अफगानिस्तानको राजधानी काबुलमा आतंकवादविरोधी अपरेशन चलाएको थियो । सो घटनामा अल–जवाहिरीको मृत्यु भएको हो ।

राष्ट्रपति बाइडेनले अमरिकी नागरिकमाथिको हत्या हिंसाबाट जवाहिरीको हात रंगिएको टिप्पणी गरेका छन् । उनले जनतालाई न्याय मिलेको भन्दै अल–कायदाका आतंकवादी मारिएको उल्लेख गरेका छन् ।

जवाहिरी एक सुरक्षित घरमा बसिरहेका बेला अमेरिकी ड्रोन हमलामा परेका हुन् । जवाहिरीको परिवार नै सो घरमा रहे पनि अन्य कसैलाई केही नभएको अमेरिकी अधिकारीहरुले जनाएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?