साउद २० गतेदेखि फेरि ‘चपली हाइट–३’ प्रदर्शन

फिल्म चपली हाइट–३ आगामी साउन २० गतेदेखि पुनः प्रदर्शन हुने भएको छ । निकेश खड्काले निर्देशन गरेको ‘चपली हाइट–३’ गत पुस ३० गते रिलिज भएको थियो ।

तर लकडाउनका कारण बिचैमा रोकिएको फिल्म साउन २० गतेदेखि फेरि प्रदर्शनमा ल्याउन लागरिएको निर्माता अर्जुनकुमारले जानकारी दिए ।

कोरोना महामारी नियन्त्रणका लागि लकडाउन गरिएपछि धेरै दर्शकले फिल्म हेर्न नपाएको भन्दै पुनः प्रदर्शनमा ल्याउन लागिएको हो ।

फिल्ममा स्वस्तिमा खड्का, आमिर गौतम, सुपुष्पा भट्टलगायतको मुख्य अभिनय छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?