युक्रेनको बमबारीमा डोनेस्क क्षेत्रमा मारिए ४० युक्रेनी युद्धबन्दी

युक्रेनले गरेको बमबारीमा पृथकतावादीको नियन्त्रणमा रहेको डोनेस्क क्षेत्रमा ४० युद्धबन्दी मारिएको रुसका रक्षामन्त्रीले बताएका छन् ।

ओलेनिभ्कास्थित बन्दी शिविरमा रकेट हमला हुँदा अन्य ७५ जना घाइते भएका छन् । युक्रेनी सेनाले भने हमला नगरेको र रुरी पक्षले कारागारमा बमबारी गरेको आरोप लगाएको छ ।

मस्कोले सो क्षेत्रमा भएको यातनाको ढाकछोप गर्न अनेक बाहाना बनाएको युक्रेनको आरोप छ ।

युक्रेनका जनेरल स्टाफले भनेका छन्, ‘सो क्षेत्र ओगटेर बसेका रुसीहरूले आपराधिक लक्ष्य राखेका थिए त्यसैले युद्ध अपराध गरेको आरोप युक्रेनलाई लगाउन, बन्दीहरूलाई दिएको यातना र रुसको सशस्त्र फौजको निर्देशनअनुसार गोलाबारी गरेको घटना लुकाउन यस्तो गरिएको हो ।’

रुसी सरकारी टेलिभिजनमा प्रसारित दृष्यमा केही मानिसका शव रहेको भवनबाट धुवाँ उडिरहेको देखिन्छ ।

रुस समर्थित पृथकतावादी डोनेस्क र पीपल्स रिपब्लिकका प्रवक्ता दनिल बेज्सोनोफले बन्दीहरू राखिएको ब्यारेकमै हमला भएको र मारिनेको संख्या बढ्न सक्ने जनाएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?