दश लाख भन्दा बढीले हेरे दीपकको ‘मनमगन’ (भिडियो)

दीपक बज्राचार्यको नयाँ गीत ‘मनमगन’ लाई दर्शकले रुचाएका छन् । गत नयाँ वर्षमा सार्वजनिक भएको गीतलाई दर्शकले दश लाख भन्दा बढी पटक हेरिसकेका छन् ।

गीतमा शब्द रिकी शाक्यको रहेको छ भने यसमा दीपक र रिकीकै संगीत रहेको छ । दीपकले गीतको भिडियोलाई भव्य बनाएका छन् ।

भिडियोलाई सुव्रत आचार्यले निर्देशन गरेका छन् । दीपकले यसलाई गीत मात्र नभई, यो एउटा संस्कृति रहेको बताएका छन् ।

देशभरी हुने विभिन्न जात्रा तथा पर्वहरुमा बजाइने बाजा र नाच परम्परागत हुन्, जसले हाम्रो सांस्कृतिक पहिचान बोकेको छ ।

दिपकले त्यसैलाई मनन गरेर एउटा कमर्सियल धुन बनाउने जमर्को गरे, जसमा नेपालको परम्परागत बाजाको ताल र धुन समेटियोस् ।

गीतको सिर्जनामा उनले नेपाली बाजाको प्रयोगलाई प्राथमिकता दिए, जसमा दिपकको आफ्नो पहिचान हुनैपथ्र्यो, झुमाउने र नचाउने ।

झण्डै १५० जना कलाकार तथा नृत्य समूहले परम्परागत तथा आधुनिक शैलीको नृत्यको फ्युजन म्युजिक भिडियोमा प्रस्तुत गरेका छन् ।

ज्येष्ठ नागरिकहरुको आजुगणदेखि अत्याधुनिक हिपहपका साथै सुदुरपश्चिमको तराईमा नाचिने छलिया नाच, पहाडको झ्याउरे, ताम्सलिङ लिम्बुवानको झाँक्री नाच, उपत्यकाको लाखे, भक्तपुरको घिन्ताङ किसी, इन्द्रजात्रामा देखाइने पुलुकिसी र धुनिया घुमाउने अनि उपत्यकाको परम्परागत नाच धिमेनाच लगायतलाई मनमगनको म्युजिक भिडियोमा समेटिएको छ ।

सांस्कृतिक आदानप्रदान अहिले अवस्थामा सबैभन्दा आवश्यक रहेको छ । त्यही कुराहरु मनमगनको गीत, संगीत तथा म्युजिक भिडियोमा हेर्न र सुन्न पाइने छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?