उत्तरको दक्षिण कोरियासँग पुर्खेउली सम्वन्ध (फोटोसहित)

दक्षिण कोरिया । ‘अब एक नयाँ इतिहास शुरु हुँदैछ, शान्तिका युग’ उत्तर कोरियाका नेता किम जोंग उनले दक्षिण कोरियामा पुगेपछि ‘गेष्ट बुक’ मा लेखेका शब्द हुन्। पश्चिमा मिडियामा सनकी, क्रुर लगायतका विशेषण दिएर आउने समाचारलाई उनको यो छोटो बाक्यले शिधै खण्डन गरिदियो ।

संसारको सबैभन्दा ‘खतरनाक सीमा’ मा शुक्रबार एउटा छुट्टै माहोल थियो । जुन दक्षिण कोरियाका राष्ट्रपति मून जाइ इनको आग्रहलाई स्वीकार गर्दै किम त्यहाँ पुगे। जहाँ उनले उत्तर कोरियाको सीमा पार गरेर पहिलो पटक दक्षिणको भूभाग टेक्दै थिए । विश्व त्यो दृष्यको व्यग्र प्रतिक्षामा थियो। उत्तर कोरियाका कुनै नेताले सीमा पार गर्न ६५ वर्ष लाग्यो भने यस प्रकारको शिखर वार्ताको लागि दुबै देशले ११ वर्ष लामो प्रतिक्षा गर्नुपर्यो ।

कुनै समय कोरियाली प्रायद्वीप एक थिए। सन् १९१० देखि १९४५ सम्म कोरियाली प्रायद्वीपमा जापानको शासन थियो। जापानी शासनको विरुद्धमा किम जोंग उनका हजुरबुवा किम इल सुङले संघर्ष गरिरहेका थिए। दोस्रो विश्व युद्धमा जापानको पराजयपछि सोभियत सेनाले उत्तरी भुभाग र अमेरिकी सेनाले दक्षिणी क्षेत्रमा अधिकार गरे। त्यसैपछि यो विभाजन सुरु भयो। एकै भाषा, एकै संस्कृतिका यी भुगोल दुई सीमामा बाँडिए ।

सन् १९४८ मा दुवै देश आफ्नो हिसाबमा स्वतन्त्र भए। तर दुई देशबीच द्वन्द्व सुरु भयो । १९५० मा यो द्वन्द्व सुरु भयो। १९५३ मा संघर्ष सकिए पनि यसले ६५ वर्षसम्म पिरली रह्यो। उनीहरुबीच कहिल्यै कुनै सन्धी सम्झौता हुन सकेन । फेरि अहिले यो बहस सुरु भएको छ के यी दुवै देशले सन् १९९० मा पूर्वी र पश्चिम जर्मनीले बर्लिनको पर्खाल भत्काएर एक भएजस्तै एक होलान् त ?

यहाँ तस्बिरमा पिता किम जोंग इल सन् २००२ को जुन १३ मा दक्षिण कोरियाका राष्ट्रपति किम डाइ जंगलाई प्याङयोङस्थित सुनएन विमानस्थलमा स्वागत गर्दै । त्यस्तै, २००७ अक्टुबर २ मा प्याङयोङमा सम्मान गारत तथा स्वागत समारोहमा दक्षिण कोरियाली राष्ट्रपति रोह मू–ह्यून र किम जोंग इल । ११ वर्षपछि दक्षिण कोरियाका राष्ट्रपति मून जाई इनसँग किम जोंग उन।

हेर्नुस् तस्बिरः

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?