प्रथम तीज स्पेशल फोटो कन्टेस्टको उपाधि रेग्मीललाई, आयोजक भन्छन्-आगामी वर्षहरुमा पनि निरन्तरता

प्रथम तीज स्पेशल फोटो कन्टेस्टको उपाधि रेग्मीललाई, आयोजक भन्छन्-आगामी वर्षहरुमा पनि निरन्तरता

टोकियो । राईज पार्ल एण्ड फेशन हाउस जापानले आयोजना गरेको प्रथम तीज स्पेशल फोटो कन्टेस्टको उपाधि रमिक्षा रेग्मीले प्राप्त गरेकी छिन् । जुलाई २० देखि अगस्ट २० सम्म एक महिनाको आवेदन अवधीमा १६६ प्रतियोगिले आवेदन दिएका थिए । आवेदक मध्ये समिक्षा रेग्मी उत्कृठ सावित हुँदै पहिलो पटक आयोजना भएको प्रतियोगिताको उपाधि जितिन् । फेसबुक मार्फत गरिएको कन्टेस्टमा सरु क्षेत्री दोस्रो भइन् भने याङकिला राजभण्डारी तेस्रो भइन् । प्रतियोगिताको नियम अनुसार आयोजकले आफ्नो फेसबुक पेजमा प्रतियोगीहरुको फोटो राखेको थियो । जसमा प्रतियोगीहरुले आफ्नो फोटो र आयोजकको लाईक पेजमा लाईक गर्नका निम्ति अनुरोध गर्नुपर्ने थियो, त्यहि लाईकको आधारमा बिजेता घोषणा गरिएको हो । प्रतियोगिता अन्तरगत धेरै फोटो सेयर अवार्ड सानु बिस्टले हात परिन् । उनको फोटो ४८४ पटक सेयर भएको थियो । २२ अगस्टमा ूम नेपाली ग्रुप जापानू द्वारा आयोजित तीज महोत्सव २०१७ मा पुरस्कार वितरण गरिएको थियो । जापानमा पहिलो पटक गरिएको यो प्रतियोगितामा सोचेको भन्दा धेरै प्रतियोगीहरुले भाग लिएको भन्दै आयोजक पनि उत्साहीत देखिएका छन् । फेशन हाउसका संचालक रबि श्रेष्ठले सबै प्रतियोगीहरुलाई धन्यवाद दिदै पहिलो पटक आयोजना गरिएको प्रतियोगितामा केही कमजोरी भए पनि आगामी दिनमा सच्याउँदै जाने बताए । उनले आगामी वर्ष पनि यस किसिमको प्रतियोगितालाई निरन्तरता दिने बताए । अर्का संचालक शिव तण्डुकारले आगामी वर्ष यो प्रतियोगितालाई अझै प्रभावकारी बनाउने बताए । “राईज पर्ल एण्ड फेशन हाउस जापान” टोक्योको मुटुमा रहेको शिन्जुकुकु को शिनओकुबो र ऒकुबो स्टेशन बीचमा रहेको छ । बिशेष गरी महिलाहरुलाई लक्षित गरी खोलिएको यस फेशन हाउसमा विभिन्न डिजाईनका साडी, लेहेंगा, कुर्ता, बालबालिकाको पास्नीमा लगाउने लुगा, मोती तथा मुगाको माला राखिएको छ । यस्तै जापानमा बनेको जापानी साडी, चाँदीका सामाग्री (बाला, कल्ली, पाऊजु), प्लेटेट चुराहरू, ढाका टोपी, खादा, हस्तकलाका विभिन्न डिजाइनका मूर्तीहरुसमेत राखिएको छ । जापानमा दिनानुदिन नेपालीहरुको संख्या बढीरहेका बेला खोलिएको यो स्थानमा नेपालीहरुलाई आवश्यक सम्पुर्ण पहिरनका सामग्रीहरु उपलब्ध रहेको सञ्चालकले बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?