मुम्बइमा फेरि आगलागी, बालबालिकासहित चारको मृत्यु

एएफपीका अनुसार भारतको आर्थिक राजधानी सहर मुम्बइमा भएको यो तेस्रो भीषण आगलागी हो। यस आगलागीमा परी ज्यान गएका चार व्यक्तिमध्ये १० र १४ बर्षका दुई जना बालबालिका रहेका जनाइएको छ।
मुम्बइको अँधेरी भनिने पूर्वी नगरमा रहेको एक आवासीय भवनको चौथो तल्लामा बिहीबार बिहानीपख आगोलागेको थियो। सो तल्लामा रहेको परिवारका सदस्यको सो आगालागीमा परी ज्यान गएको हो।
यस आगलागीमा परेर घाइते भएका पाँच व्यक्तिको अस्पतालमा उपचार भइरहेको मुम्बइको प्रकोप व्यवस्थापन विभागका एकजना प्रवक्ताले एएफपी समाचार समितिलाई बताएका छन्।
मुम्बइमा गत डिसेम्बर २९ मा पनि बजार र रेष्टुरेन्टमा भएको लागलागीमा परी १४ व्यक्तिको मृत्यु भएको थियो।
मुम्बइमा अवस्थित एक मिठाई पसलमा भवन भत्किएर सुतिरहेका १२ जना कामदारको मृत्यु भएको एक हप्तापछि पुनः यो भीषण आगलागीको घटना भएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?