हिउँमा स्केटिङ मज्जा लिने हो ? टोकियोको यो रिङमा यसरी खेलाइन्छ स्केटिङ

टोकियो । जापानको राजधानी टोकियोस्थित मिडटाउनमा अहिले हिउँमा स्केटिङ खेल्नेहरुको घुईंचो लाग्न थालेको छ ।

बिहान ११ बजेदेखि बेलुका ८ बजेसम्म यो स्केटिङ खेल्न पाईन्छ । मार्च ५ सम्म चल्ने यो खेलका लागि दैनिक सयौं पर्यटकहरु र सयौंको संख्यामा जापानीहरु पुग्ने गरेका छन् ।

हरेक वर्ष यहाँ स्केटिङ खेलाइन्छ । मार्च पाँच सम्मको अवधिमा विभिन्न प्रतिश्पर्धात्मक खेलहरु समेत यहाँ हुने गरेका छन् ।

यहाँ  आइस ल्याएर राखिन्छ, जसलाई प्राकृतिक स्वरुपमा बदलिन्छ । यसरी प्राकृतिक स्वरुपको हिउँ तयार भएपछि खेल खेलाइन्छ । यहाँ खेल्नका लागि भने निश्चित रकम तिर्नुपर्ने हुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?