जापान । जापानमा भ्रमण गर्न योग्य रहेका दिलचस्प र अनुपम स्थानहरू मध्ये एक हो जापानको चार पशु फार्म । प्राकृतिक सुन्दरताको खानी मानिएको जापानमा विभिन्न प्रकारका जनावर तथा वनस्पतिहरू पाईन्छन् ।

जापानको ओगासावारा द्वीपमा लोपाेन्मुख जातीका जनावरहरुलाई सुरुक्षा दिने हेतुले ४ ओटा पशु पार्कको निर्माण गरिएको छ । जसको उदेश्य जनावरसंग मानव सम्पर्क बढाउनु हो । जापानको तासिरोजिमा द्धिप विरालोकालागि प्रख्यात छ । त्यस्तै आकुनोसिमा द्धिपमा हजारौं खरायो पालिएका छन । यसका साथै जापानमा विभिन्न पशु पार्कको निर्माण गरिएको छ ।
१.नाशु अल्पाका फार्म (那須アルパカ牧場)
अल्पाकाहरु विशेषत दक्षिण अमेरिकाको अल्पास पर्वत श्रृङ्खलामा पाईने गर्दछन । तर यी अल्पाकालाई प्लेन मार्फत पेरुबाट जापान ल्याई तोसिजी प्रान्त स्थित नाशु पार्कमा राखिएको छ । सामुद्रिक सतहबाट करिब हजार मिटर उचाईमा रहेको नाशु पार्क कम तापक्रममा बाँच्ने अल्पाकाको लागि सहज बनेको छ । नाशु पार्क करिब २५ हजार वर्गमिटरमा फैलिएको छ ।

२. ईजु साबोटेन क्यापिबारा हट स्प्रिंग चिडियाखाना
(カピバラ温泉 )(伊豆シャボテン動物公園)
जापानको शिजोओका प्रान्तमा साबोटेन अर्थात सिउंडीले घेरिएको पार्क छ । प्राकृतिक तातो पानीकाे मुहानका लागि प्रख्यात यस चिडियाखानामा दक्षिण अमेरिकाबाट क्यापिबाराहरु ल्याइएका छन । मिलनसार शाहाकारी क्यापिबारा राखिएको सो स्थानमा आन्तरिक तथा बाह्य पर्यटकको घुईचो लाग्ने गर्दछ ।

३.कान्डाचिमे फार्म
जापानको एमोरी प्रान्तमा जंगली घोडाहरुको एउटा समुह राखिएको छ । कान्डाचिमे नाम दिएको सो समुहमा राखिएको घोडाहरु अति कम तापक्रममा पनि सकुशल रहने गर्दछन ।

४. जाओ फक्स गाउँ( 蔵王キツネ村)
जापानको मियामी र यामागाता प्रान्त विचमा रहेको माउन्ट जाओ ,फक्स भिलेज लागि प्रख्यात छ । यस क्षेत्रमा सय प्रजातिका स्यालहररू राखिएका छन । स्की स्थल, सुन्दर ताल तथा फक्स भिलेजको नामले चिनीने यस क्षेत्रमा स्थानीय तथा बाह्य पर्यटकको निक्कै घुईचो लाग्ने गर्दछ।
