फुकुशिमामा पर्यटक भित्राउन बेलायती युवतीलाई रोजगारी

जापान । जापान, विश्वकै सबैभन्दा बढी पर्यटक आउने देश मध्ये एक हो । तर, जापानको सुन्दर सहर फुकुशिमामा भने पर्यटकको संख्या बढ्न नसक्दा त्यहाँका पर्यटकीय स्थलहरु ओझेलमा परेका छन् ।

फुकुशिमा जापानको ऐतिहासिक स्थान भएर पनि विश्वमा प्रचार प्रसारको कमीले पर्यटक भित्रन सकेका छैनन् ।

जापानको फुकुशिमा महानगरले त्यहाँको पर्यटन र स्थानीय उत्पादनको बारेमा विश्वमा जानकारी गराउन र पर्यटकीय सम्भावनाको प्रचार गर्नका लागि एक बेलायती मोडललाई रोजगारीमा राखेको छ ।

उनले विश्वभर फुकुशिमाको बारेमा प्रचार गर्ने छिन् । उनले बेलायत, अष्ट्रेलिया लगायतका बढी पर्यटक आउने देशहरुमा प्रचार गर्नेछिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?