देशका किसानहरु बुढा भए भन्दै एक जापानी युवाले सुट-पाईन्ट लगाएरै खेतमा काम गर्न थालेपछि

टोकियो ।  जापानमा हरेक व्यावसाय र कामका लागि आ-आफ्नै पोशाकहरु बढी मात्रामा प्रयोग हुन्छन् ।  आफ्नो व्यावशाय अनुसारको पोशाक लगाउनु जापानीहरुको बानि नै बनिसकेको छ । 

चाहे घरमा खाना बनाउँदा होस् या बहुराष्ट्रिय कम्पनीहरुमा काम गर्दा होस् जापानी नागरिकहरु पायक पर्ने पोशाक लगाउने गर्छन् ।

जापानका एक नागरिक कियोतो साईटो जसको परिवार पछिल्लो ४०० वर्ष देखि कृषि पेशामा आबद्द रहेको छ । उनले आफ्नो देशका अधिकांश किसानहरु बुढो हुँदै गएको भन्दै सुट-पेन्ट लगाएर खेतमा काम गर्ने नयाँ अभियानको सुरुवात गरेका छन् ।

उनले प्रख्यात युट्युब च्यानल जुमिन टिभी एम्याजिंगमा आफुलाई संसारको सबैभन्दा पोशाक तथा रहनसहनमा ख्याल गर्ने किसान भएको घोषणा नै गरेका छन् ।

जापानको यामागाता क्षेत्रमा रहेको आफ्नो पुर्ख्यौली घरलाई छोडेर कामको सिलसिलामा किसानहरु सहरमा जाने गर्थे ।  त्यतिवेला कियोतो किशोर थिए ।

जब कियोतो किशोर अवस्था पार गर्दै थिए तब उनले आफ्नो परिवार पाल्नको लागि फेरी आफ्नै पुर्ख्यौली घर फर्किनुपर्यो ।  सहरमा रहँदा किनेको लुगा जब साईतोको दाईले गाउँको खेतमा काम गरिरहेको बेलामा पनि लगाएको देखे ।

तब साईतोको मनमा खेतमा काम गर्दा पनि कपडाहरु राम्रो संग मिलाएर लगाउन सकिने रहेछ । त्यसरी लगाउँदा राम्रो पनि देखिने रहेछ भन्ने विचार साईतोको मनमा पर्न गयो ।

त्यस दिन देखि साईतो खेतमा जाँदा पनि टाई र सुट लगाएर जाने गरे । साईतोको ट्वीटर एकाउन्टमा पनि टाई-सुट लगाएर उभिएका एक जना किसानको भूमिकामा उनी देखिन्छन् ।

उनीलाई टाई-सुट नै लगाएर खेतमा काम गरिरहेको देख्न सकिन्छ । साईतोले टाई-सुट लगाएर खेतमा काम गरिरहँदा उनले आफु र आफ्नो परिवारको कबुरा फार्मको बारेमा धेरै जनाको ध्यान खिच्न सफल भएका छन् ।

उनले आफुले त्यस्तो पोशाक लगाएर काम गर्दा कृषि पेशालाई थप मनोरन्जन र रमाईलो बनाउँदै युवा पुस्तालाई कृषि पेशामा ल्याउन चाहेको बताएका छन् ।

उनले आफ्नो आगामी उदेश्य भनेको कृषि पेशामा पनि फार्मिंग फेशन भित्राउनु रहेको बताएका छन् । जापानका अधिकांश किसानहरु बुढो हुँदै गएको हुँदा साईतोले युवा पुस्तालाई यो पेशामा काम गर्न अनुरोध समेत गरेका छन् ।

साईतोको यो पहलकदमी संगै धेरै युवाहरुले रुची देखाउँदै उनको फार्मको भ्रमण गर्ने देखि उनीसंग सल्लाह लिन सुरु गरेको साईतोले बताएका छन् ।

साईतोको यो पहलकदमीले आगामी दिनमा जापानी युवाहरुमा जापानी कृषि पेशा प्रति रुची बढेर जाने विश्लेषकहरुले बताएका छन् ।

https://youtu.be/IuOcj7R1LyU

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?