जापानी टेनिस जोडी वैवाहिक जीवनमा (फोटो फिचर)

जापान । जापानी टेबल टेनिस स्टार आई फुकुहाराले चियांग हुंग चीसंग आफ्नो विवाह हुने घोषणा गरेका छन् । फुकुहारा रियो ओलम्पिकमा टेनिसमा रजत पदक हात पारेका खेलाडी हुन् । चियांग पनि प्रख्यात टेनिस खेलाडी  हुन् ।

किमोनो लगाएर उपस्थित भएका सत्ताई वर्षिय फुकुहाराले सेप्टेम्बर १ मा नै विवाह गर्ने मिति रजिष्टर गरेका थिए । हातमा विवाहको औंठी देखाएर फुकुहाराले भनिन्, “मलाई मेरो श्रीमानले जीवनको जस्तो सुकै अवस्थामा पनि सहयोग र समर्थन गर्नुहुनेछ । “

फुकुहारा चियांगले युरोपमा खेल्ने हरेक खेलहरु हेर्न संगै गईरहेकी छिन् । युरोप, ताईवान र जापानमा संगै देखिने टेनिस जोडी आगामी दिनमा भने श्रीमान र श्रीमतीको रुपमा  देखिनेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?