यस्तो रहयो दुई दिवसीय नेपाल फेस्टिवलको पहिलो दिन (फोटो फिचर सहित)

|

जापानको राजधानी टोकियो स्थित योयोगी पार्कमा गैरआवासीय नेपाली संघ (एनआरएनए) ले आयोजना गरेको २ दिवसीय नवौ नेपाल फेस्टिवलको पहिलो दिन अर्थात शनिवार एक भव्य कार्यक्रमका बीच समुद्घाटन गरिएको छ ।
nepal-festival-japan (3)

नेपाल-जापान कुटनैतिक सम्बन्धको ६० औं वर्षगाँठको सन्दर्भ पारेर जापानमा नेपाल फेस्टिवलको उद्घाटन जापानका लागि नेपाली कार्यवाहक राजदूत कृष्णचन्द्र अर्याल, जापानी परराष्ट्र मन्त्रालयका प्रतिनिधि आरियोसी ताकासी, नेपालका लागि पूर्व जापानी राजदूतहरु कोजिमा र ताकाहासी कुनियोले संयुक्त रुपमा रिवन काटेर नेपाल फेस्टिवल उद्घाटन गरिएको हो ।

nepali-fesival-japannepal-festival-japan (9)

फेस्टिवल उद्घाटन कार्यक्रममा एनआरएनए आइसीसीका उपाध्यक्ष भवन भट्ट, एसिया प्यासिफिकका संयोजक किरणविक्रम थापा, एनआरएनए जापानका अध्यक्ष तथा फेस्टिवल आयोजक समिति संयोजक सुदन थापा लगायतको विशेष उपस्थिति रहेको थियो ।

फेस्टिवल उद्घाटन कार्यक्रममा राजदूत अर्यालले नेपालको विकासमा जापानले खेलको भूमिकाको प्रशंसा गरेका थिए । साथै उनले नेपालमा भूकम्प जाँदा जापानले गरेको सहयोगलाई धन्यवाद दिएका थिए ।nepal-festival-japan (1)

फेस्टिवल उद्घाटन कार्यक्रममा उपस्थित जापान परराष्ट्र मन्त्रालयका ताकासी, नेपालका लागि पूर्व जापानी राजदूतहरु लगायत विशेष अतिथिहरुले फेस्टिवलको सफलताको शुभकामना दिएका थिए ।

त्यस्तै गरि जापानमा आयोजना भएको नेपाल फेस्टिवलले दुई देश विचको सम्बन्ध झनै प्रगाढ हुने भन्दै नेपाल पत्रकार महासंघ जापानका अध्यक्ष तिलक मल्ल, नेपाल आदिबासी जनजाति महासंघ जापानका अध्यक्ष पासाङ शेर्पा, नेपाली जनप्रगतिशील मोर्चाका अध्यक्ष अरुण श्रेष्ठ, नेपाली प्रवासी मञ्चका अध्यक्ष कृष्ण खड्का लगायतले शुभकामना व्यक्त गरेका थिए ।

फेस्टिवलमा नेपाली लोक संस्कृतिको झल्को दिने घुम्टे नौमती बाजाको पञ्चे बाजा, वर्ल्ड नेवा अर्गनाइजेशनको लाखे तथा झाँकी, जनजाति महासंघको धिमे नाच आदि देखाईएको थियो ।nepal-festival-japan (5)

त्यस्तै कार्यक्रममा एभरेष्ट इन्टरनेशनल स्कुलका विद्यार्थीहरुले नृत्य प्रस्तुत गरेका थिए भने नमस्ते व्याण्डको विशेष सांगीतिक प्रस्तुती तथा विभिन्न लोकभजन, मारुनी नाच, एकल तथा सामुहिक नृत्य प्रस्तुत गरिएको थियो ।

फेस्टिवल उद्घाटनको समापन मन्तव्य भने एनआरएनए जापानका अध्यक्ष तथा फेस्टिवल आयोजक समितिका संयोजक सुदन थापाले राखेका थिए । जापानमा आयोजना भएको नेपाली फेस्टिवलले दुई देश विचको सम्बन्ध थप प्रगाढ हुने र पर्यटन प्रवर्द्धनबाट नेपालको आर्थिक क्षेत्रमा केहि हदसम्म टेवा पुग्ने थापाले बताएका छन् ।nepal-festival-japan (10)

उनले यस फेष्टिवल कार्यक्रमलाई सफल पार्न सहयोग गर्ने सबैमा धन्यवाद व्यक्त समेत गरेका थिए । त्यस्तै कार्यक्रममा प्रवासी नेपाली संघका अध्यक्ष रघुदिप खड्का र नेपाली जनसम्पर्क समितिका अध्यक्ष नारायन सुबेदी लगायतले फेस्टिवल मार्फत जापानमा नेपाली संस्कृति, पर्यटन स्थलको बारेमा थप प्रचारप्रसार गर्नसक्नुपर्ने कुरामा जोड दिएका थिए ।nepal-festival-japan (4)

नेपाली झाँकी, तोरण, झण्डा बाजा गाजा र परिकारले योयोगी पार्क वरपर सजिएको थियो । नेपाली फेस्टिवललाई जापानमा नेपालको बारेमा प्रचारप्रसार गर्ने वृहत उत्सवको रुपमा हेर्ने गरिन्छ जहाँ नेपालीहरुको संस्कृति, रहनसहन हेर्नको लागि उल्लेख्य जापानीहरु पनि आउने गर्छन् । नेपालका विभिन्न भूभागबाट रोजगारी र पढ्नको लागि जापान आएका नेपालीहरुको फेस्टिवलमा बाक्लो उपस्थिति देखिन्थ्यो ।

nepal-festival-japan (6) nepal-festival-japan (11) nepal-festival-japan (13)nepal-festival-japan (7)nepal-festival