अमेरिकामाथि जापानले यसरी लुकेर बम हमला गरेको थियो (फोटो फिचर)

pearl-harbor-attack1_1449जापान।अमेरिकाको हवाई द्वीपमा रहेको पर्ल हार्बरमा जापानले गरेको हमलाको ७४ वर्ष पुरा भैसकेको छ  । ७ डिसेम्बर, १९४१ को दोस्रो विश्व युद्दको समयमा जापानी एयरफोर्सले लुकेर अमेरिकामाथि हमला गरेको थियो ।pearl-harbor-attack6_1449

त्यो हमलामा लगभग 2,500 अमेरिकीहरु मारिएका थिए । त्यहाँ १८ वटा ठूला पानिजाहजहरु विनाश भएका थिए ।

ईतिहास
७ डिसेम्बर, १९४१ को विहानी अर्थात जापानी हमलाकारिहरुले पर्ल हार्बर स्थित अमेरिकाको नेवल बेसमा चेतावनी विनानै कार्पेट बम्बले हमला गरेका  थिए ।pearl-harbor-attack14_144
हमलामा अमेरिकाका आठवटा मध्य छ वटा जंगी जहाज, क्रूजर, डिस्ट्रयर समेत गरि २०० भन्दा बढी यानहरु नष्ट भएको थियो ।
जापानी एयरफोर्सबाट एकतर्फी भएको हमलामा २४०३ अमेरिकी सैनिक मारिएका थिए । त्यहाँ ११७८  घाईते भएका थिए ।

हमलाको नतिजा
जापानले दुई फेजमा हमला गरेको थियो ।त्यसको लागि उसले फाइटर जेट्स, बम्बर्स र टारपीडो मिसाइल्सको प्रयोग गरेको थियो।
कमाण्डर मिस्तुओ फुचिदाको नेतृत्वमा १८३  फाइटर जेट्सले ओहियोको पूर्वमा तैनात भएका जापानका ६ जंगी जहाजहरुले उड़ान भरेका थिए।
त्यसपछि लेफ्टिनेन्ट कमाण्डर शिगेकाजू शिमाजाकीको नेतृत्वमा १७१ फाइटर जेट्सले पर्ल हार्बरलाई टारगेट गरेको थियो ।

pearl-harbor-attack13_144

के थियो डिप्लोमेटिक ब्याकग्राउण्ड ?
जापानले युएस पेसिफिक फ्लाईटलीई असर गर्ने गरि पर्ल हार्बर मा हमला भएको भएको थियो । त्यहि बमबारी संग जापानले अमेरिका र वेलायतको विरुद्द युद्दको घोषणा गरेको थियो ।

 फेरी जे भयो त्यो ईतिहासमा दर्ज भयो

अमेरिकाका तत्कालीन राष्ट्रपति फ्रैंकलिन डी रूजवेल्टले ७ डिसेम्बर, १९४१ लाई ‘कलंकको दिन ‘ भनेका थिए । हमला भएको दोस्रो दिन ८  डिसेम्बर , १९४१ मा अमेरिका पनि दोस्रो विश्व युद्दमा सहभागी भएको थियो।

उसले पनि जापानको विरुद्द युद्दको घोषणा गरिदिएको थियो । जसका कारण अमेरिकाले जापानको हिरोसिमा र नागासाकीमा खतरनाक एटम बम हमला गरेको थियो ।

त्यो एटम बम हमला संगै लाखौ जापानीहरुको मृत्यु भएको थियो । लाखौ मानिसहरु घाईते भएका थिए । अहिले सम्म पनि त्यस विनाशकारी हमलाका कारण हिरोसिमा नागासाकीमा जन्मिने अधिकांस मानिसहरु अपांग भएर जन्मिने गर्छन् ।

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?