घरमै बसीबसी ई-सेवा बाट बिजुलीको बिल यसरी तिर्नुहोस्

नेपालमा ‘डिजिटल पेमेन्ट’ सेवा प्रदान गर्दै आएको कम्पनी ई–सेवा पहाडी जिल्ला तेह्रथुममा पनि प्रभावकारी बन्दै गएको छ। सुरुमा छिटपुट रुपमा मात्रै प्रयोग हुने ई–सेवाको अहिले ग्राहक बढेका छन्। छिटो, छरितो र सरल ढंगले प्रयोग गर्न सकिने यो सेवाप्रति ग्राहकको आकर्षण बढेको हो।

जिल्लामा ई–सेवामार्फत विशेषगरी मोबाइल रिचार्ज, टेलिफोन बिल, इन्टरनेट बिल, डिसहोम रिचार्ज, सिसी टिभी रिचार्ज र हवाई जहाज टिकट हुनेगरेको छ। त्यस मध्येपनि सबैभन्दा बढीले मोबाइल रिचार्ज गर्ने गरेको जिरीखिम्तीका ई–सेवा प्वाइन्ट प्रकाश राईले बताए।
राईले पनि मासिक अढाई लाखसम्म ई–सेवामार्फत कारोबार गर्ने गरेका छन्। ई–सेवामार्फत कलेज, स्कुलको शुल्क बुझाउन र बजारमा सपिङ गर्न सकिन्छ। ई–सेवा उपयोगबाट उपभोक्ताले सेवा तथा वस्तु खरिद गर्दा नगद छुट पाउने छन् भने समयको बचत पनि भइरहेको छ।

शहरी क्षेत्रमा ई–सेवाको प्रयोगपछि विद्युत्, टेलिफोन र खानेपानीको बिल भुक्तानी गर्दा लामो लाइनमा पनि बस्नुपर्दैन्। गाउँमा पनि ई–सेवामार्फत मोबाइल रिचार्ज मात्रै गर्दा पनि रिचार्ज स्क्रयाच गरेर पिन नम्बर लगाउने झन्झट नहुने गरेको सेवाग्राही बताउँछन्।

ई–सेवा एकाउन्ट खोल्न अंग्रेजी ‘आरइजी’ टाइप गरी २१२१ मा एसएमएस गर्न सकिन्छ। साथै ई–सेवाको एजेण्ट कहाँ गएर पनि तुरुन्तै एकाउन्ट खोल्न सकिने छ । साथै आफ्नो फोनमा ई-सेवा को एप डाउनलोड गरि रजिस्टर गर्न सकिन्छ ।

ई–सेवाको एण्ड्रोइड, आइओएस एप्ससमेत उपलब्ध छ, यीएप्स स्मार्टफोनमा डाउनलोड गरेपछि सजिलैसँग चलाउनसक्ने सुविधा उपलब्ध छ। ई–सेवा उपयोग गरे वापत सेवा तथा वस्तु खरिदमा कुनै शुल्क लाग्दैन। उपभोक्तालाई रजिष्टे«सन गर्न पनि शुल्क लाग्दैन। इसेवाका सम्पूर्ण सुविधा निःशुल्क छन्।
तपाई ई-सेवा बाट बिजुलीको बिल तिर्न, डीसहोम, एनसेल, एनटिसी लागायत अन्य धेरै चिजको बिल तिर्न सक्नुहुनेछ । ईसेवा चलाउन अघि तपाईले आफ्नो ईसेवा एकाउन्टमा ब्यालेन्स ईसेवा सेन्टरबाट हाल्नुपर्ने हुन्छ अथवा आफ्नो नजिकै रहेको ब्यांकमा मोबाइल ब्यांकीङ् सुचारु गरि तपाई आफ्नो ब्यांकमा भएको रकमलाइ ईसेवा मा ट्रान्सफर गरि सहजै चलाउन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?