खाली पेटमा चिया पिउनाले यस्ता ५ असरहरु हुनेछन्

धेरै नेपालीको दैनिकी चियाबाट सुरु हुन्छ । चिया नेपाली संस्कृति नै बनिसकेको छ । चिया तयार नपार्ने घर सायदै हुन्छ । कतिपयलाई त कैयौँ कप चिया पिउँदासमेत धित मर्दैन । जुन स्वस्थकर छैन । खाली पेट चिया पिउनाले त शरीरमा गम्भीर असरसमेत पुर्‍याउन सक्छ । यस्ता छन् खाली पेट चिया पिउनुका खतरा –

१। कतिपयले चियासँगै दूध पनि खाइरहेको भन्दै यसलाई स्वस्थकर मान्छन् । तर, यसमा पूर्ण सत्यता छैन । खाली पेट दूधचिया पिउनाले शरीरलाई थकान महसुस गराउँछ ।

२। कतिपयले कम दूध राखेर चिया पिउने गरेका हुन्छन् । दूधचियाले असर पार्छ भन्दै कालो चिया पिउनेको संख्या ठूलो छ । तर, कालो चियामा भएको पत्तीले पनि पाचन प्रणालीमा असर पुर्‍याउँछ । त्यसैले चियाभन्दा पहिला पानी पिउनु राम्रो मानिन्छ ।

३। चियामा टेनिन हुन्छ, जसले शरीरमा भएको आइरनसँग रियाक्ट गर्छ । जसकारण खानापछि चिया पिउनाले शरीरमा भएको पोषण तत्वलाई नष्ट गर्न सक्छ ।

४। तपाईं दिनमा ४–५ कप चिया पिउनुहुन्छ भने यस्तो बानी सुधार गरिहाल्नुस् । निकै तातो चिया पिउँदा पनि स्वास्थ्यलाई राम्रो गर्दैन । यसो गर्दा मानिसमा फुड पाइप या घाँटीको क्यान्सरको सम्भावना बढाउँछ ।

५। चियामा एसिडको मात्रा बढी हुन्छ । त्यसैले यसले शरीरमा ग्यास्ट्रिक त बनाउँछ नै, खाली पेट चिया पिउँदा अल्सरको समस्या पनि बढ्दै जान्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?