पानासोनिकले भन्यो ‘मोजा लगाएर सुत्नु हानिकारक’


टोकियो । जाडोमा न्यानोका लागि मोजा लगाएर सुत्नु स्वास्थ्यका दृष्टिकोणले अनुपयुक्त रहेको जापानमा गरिएको एक अध्ययनले देखाएको छ ।

पानासाेनिकका लागि जापान निवासी विशेषज्ञ मायुमी किकुचीले गरेको अध्ययनले यस्तो देखाएको हो । अध्ययनको रिपोर्ट अनुसार सुत्नको लागि शरीरलाई तयार गर्दा मोजा लगाउनु अनुपयुक्त हुन्छ ।

यसले फाईदा भन्दा हानी गर्ने गरेको पत्ता लगाएको भन्दै पानासोनिकले आफ्नो वेवसाईटमा उल्लेख गरेको छ । मोजाहरूले प्रदान गर्ने न्यानोपनको आनन्द लिनेहरूका लागि, किकुचीले वैकल्पिक रूपमा खुट्टा न्यानो गर्ने सुझाव दिएका छन ।

पानासोनिकको को रिपोर्टमा उल्लेख भएअनुसार अन्य वार्मिङ उपकरणहरू जस्तै इलेक्ट्रिक कम्बल वा तातो पानीको बोतलहरू लिएर सुत्नु समेत राम्रो हैन ।

बरु सुत्नुअघि ओछ्यानलाई न्यानो पार्न ती चीजहरू प्रयोग गर्नु उत्तम हुन्छ ताकि तपाईं सुत्न जाँदा तपाईं र ओछ्यान बिस्तारै सँगै न्यानो हुन सकिन्छ । रिपोर्टमा उल्लेख भएअनुसार सुत्नुभन्दा करिब एक वा दुई घण्टा अघि तातो पानीले नुहाउनु राम्रो हो ।

कतिपयले नुहाउने वित्तिकै सुत्ने गरेको र त्यसो गर्दा झन निदाउन कठिन हुने गरेको समेत रिपोर्टमा उल्लेख छ ।
धेरैजसो मानिसहरु गर्मी महिनामा निदाउन निकै अप्ठेरो भएको महसुस गर्छन ।

तर पनि पानासोनिकले गरेको अध्ययनको निष्कर्षले यो पनि देखाएको छ कि उनीहरुले सर्वेक्षण गरेका ६१ प्犀利士 रतिशत मानिसहरु पनि डिसेम्बर देखि फेब्रुअरी सम्म जाडो महिनामा सुत्न समस्या महसुस गर्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?