फ्रान्स र मोरोक्को विश्वकपको क्वाटरफाइनलमा

|

टोकियो । फ्रान्स र मोरोक्को फिफा विश्वकप २०२६ को क्वार्टरफाइनलमा प्रवेश गरेका छन् ।

शनिबारराति भएको खेलमा मोरोक्कोले सहआयोजक क्यानडालाई ३–० ले हराउँदै अन्तिम ८ मा स्थान बनाएको हो ।

मोरोक्कोको जितमा एजेदिन उन्हाईले २ गोल गरे भने सोफियाने राहिमीले १ गोल गरे । उन्हाईले खेलको ५०औं र ८२औं मिनेटमा गोल गरेका थिए ।

दोस्रो हाफको अतिरिक्त समय अर्थात् ९८औं मिनेटमा राहिमीले गोल गरेपछि मोरोक्कोले सहज जित निकाल्यो ।

यस्तै आइतबार बिहान भएको खेलमा पाराग्वेलाई १–० गोल पराजित गरेर फ्रान्स क्वार्टरफाइनलमा पुगेको हो ।

खेलमा फ्रान्सका कप्तान किलियन एम्बाप्पेले ७०औं मिनेटमा गरेको पेनाल्टी गोल नै निर्णायक बन्यो । अब सेमिफाइनल प्रवेशका लागि मोरोक्को र फ्रान्सबीच प्रतिस्पर्धा हुनेछ ।