काठमाडाैं। विश्वको सर्वोच्च शिखर सगरमाथामा एकै दिन सबैभन्दा धेरै पर्वतारोहीले शिखर चुमेसँगै नयाँ रेकर्ड बनेको छ ।
बिहीबार एकै दिन २७४ जना पर्वतारोहीले सगरमाथाको चुचुरोमा पाइला टेक्न सफल भएका हुन् ।
यो सगरमाथाको दक्षिणी मोहोडा अर्थात् नेपालबाट सगरमाथाको शिखरमा एकै दिन धेरै पर्वतारोहीले पाइला टेकेको पहिलो घटना हो ।
यसअघि २२ मे, २०१९ मा २२३ जना पर्वतारोहीले एकैदिन सगरमाथाको सफल आरोहण गरेका थिए ।
यो सिजन लामो समयसम्म बाटो बन्द भएका कारण १३ मेमा मात्रै सगरमाथा आरोहरण खुला भएका कारण बेस क्याम्पमा पर्वतारोहीको ठूलो भीड जम्मा भएको थियो ।
नेपाल सरकारले यो वर्ष ५ सयभन्दा बढी पर्वतारोहीलाई आरोहण अनुमति दिएको छ ।


