भद्रपुर विमानस्थलमा रनवेमा चिप्लियो बुद्ध एयरको विमान

काठमाडौं । पूर्वी नेपालको झापा जिल्लामा रहेको भद्रपुर विमानस्थलमा बुद्ध एयरको विमान रन–वेबाट चिप्लिन पुगेको छ ।

विमान ग्राउण्डबाट केही बाहिर गएको छ । विमान अवतरणका क्रममा रन–वेबाट केही तल चिप्लिएको कोशी प्रदेशका डीआईजी बिनोद घिमिरेले जनाएका छन् ।

काठमाडौं–भद्रपुर उडानको ९०१ उडान नम्बरको बुद्ध एयरको जहाज ओभर रनका कारण ग्रास एरियामा पुगेको हो । दुर्घटना भएको विमानका यात्रु र चालक दलका सबै सदस्य सकुशल रहेको प्रारम्भिक जानकारी आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?