कार्की सरकारमा थपिए दुई मन्त्री, दुई रोकिए

जेनजी आन्दोलनको बलमा बनेको पूर्वप्रधानन्यायाधीश सुशीला कार्की नेतृत्वको सरकारका थप दुई जना मन्त्री थपिएका छन् ।

राष्ट्रपति कार्यालय शिलतनिवासमा आयोजित विशेष समारोहमा नवनियुक्त दुई जना मन्त्रीहरूले पद तथा गोपनियताको शपथ लिएका हुन् ।

प्रधानमन्त्री सुशीला कार्कीको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले डा.सुधा शर्मा र बब्लु गुप्तालाई मन्त्री नियुक्त गरेकी थिइन् ।
शर्मालाई स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र गुप्तालाई युवा तथा खेलकुद मन्त्रालयको जिम्मेवारी दिइएको छ ।

उनीहरूसहित अन्य दुई जनालाई पनि मन्त्री सिफारिस गरिए पनि शपथ हुन सकेन । दलित अभियन्ताका रुपमा चिनिएका खगेन्द्र सुनार र गणपतिलाल श्रेष्ठलाई मन्त्रीका रुपमा सिफारिस गरेको भए पनि अन्तिम समयमा आएर उनीहरूको शपथ रोकिएको छ ।

सुनारलाई श्रम र श्रेष्ठलाई भूमिसुधार मन्त्रीको रुपमा प्रधानमन्त्री सिफारिस गरेकी थिइन् ।

सुनार प्रहरीको फरार सुचीमा रहेको र विभिन्न विवादमा मुछिएको समाचार आएसँगै उनको शपथ रोकिएको हो भने श्रेष्ठले मन्त्रालय परिवर्तन गरिएपछि शपथ लिन नगएको बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?