कुलमान, रामेश्वर र ओमप्रकाशद्वारा मन्त्रीको शपथग्रहण

सुशीला कार्की नेतृत्वको सरकारमा तीन जनताले मन्त्री पदको शपथ ग्रहण गरेका छन् ।

राष्ट्रपति कार्यालय शीतलनिवासमा आज आयोजित विशेष समारोहमा राष्ट्रपति रामचन्द्र पौडेलले नवनियुक्त मन्त्रीहरू रामेश्वर खनाल, कुलमान घिसिङ र ओमप्रकाश अर्याललाई पद तथा गोपनियताको शपथ ग्रहण गराएका हुन् ।

प्रधानमन्त्री कार्कीको सिफारिसमा राष्ट्रपति पौडेलले उनीहरुलाई अन्तरिम सरकारको मन्त्रीमा नियुक्त गरेका थिए ।

खनाललाई अर्थ, घिसिङलाई ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र सहरी विकास मन्त्रालयको जिम्मेवारी दिइएको छ भने अर्यालाई गृह र कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयको जिम्मेवारी प्रदान गरिएको छ ।

पूर्वअर्थ सचिव समेत रहेका खनाल विज्ञ अर्थशास्त्री मानिन्छन् भने घिसिङ नेपाल विद्युत् प्राधिकरणका पूर्वकार्यकारी निर्देशक र अधिवक्ता अर्याल काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहका कानुनी सल्लाहकार थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?