
सामाजिक सञ्जाल बन्द र भ्रष्टाचारविरुद्ध जेन–जीले गरेको प्रदर्शनमा प्रहरीले अत्यधिक दमन गर्दा १९ जनाको मृत्यु भएको छ ।
काठमाडौंको माइतिघरबाट सुरु भएको प्रदर्शन बानेश्वरतर्फ अघि बढेर संसद भवन पुगेपछि प्रहरीले व्यापक धरपकड गरेको थियो । प्रहरीको गोली लागेर काठमाडौंमा १७ जना र इटहरीमा २ जना गरी १८ जनाको मृत्यु भएको हो ।
काठमाडौंको सिभिल अस्पतालमा ३, राष्ट्रिय ट्रमा सेन्टरमा ८, एभरेष्ट अस्पतालमा ३, केएमसी अस्पतालमा २, त्रिवि शिक्षण अस्पतालमा १, बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा २ जनाको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
मृत्यु हुनेमा अधिकांश १६ देखि २८ वर्षभित्रका युवायुवती छन् । धेरै आन्दोलनकारी घाइते भएर लगिएको सिभिल अस्पतालभित्र समेत प्रहरीले अश्रुग्यास र गोली चलाएको थियो ।
जेन–जी प्रदर्शनमा सरकारको दमनपछि काठमाडौंमा दमन गरिएसँगै राजधानी बाहिर समेत आन्दोलन चर्किएको छ ।







