
सामाजिक सञ्जाल बन्द र भ्रष्टाचारविरुद्ध जेनजीले सुरु गरेको प्रदर्शनका क्रममा संसद भवनमा तीनवटै गेट नियन्त्रणमा लिएका छन् ।
प्रदर्शनमा उत्रिएका जेनजीहरू गेट फोडेर संघीय संसद् भवनभित्रै समेत प्रवेश गरेका छन् ।
उनीहरू प्रहरीको घेरा तोड्दै संसद् भवनभित्र प्रवेश गरेका हुन् । प्रहरीले उनीहरुलाई रोक्न अश्रुग्यास र रबरको गोली समेत प्रहार गरेको थियो ।







