
संयुक्त अरब इमिरेड्स (युएई)मा एक नेपाली युवाले साढे ३ करोड नेपाली रुपैयाँ बराबरको चिठ्ठा जितेका छन् ।
वैदेशिक रोजगारीका लागि युएईमा रहेका २९ वर्षीया तुलसी नाम गरेका युवाले ३ करोड ६२ लाख बराबरको चिठ्ठा जितेको गल्फ न्युजले जनाएको छ ।
महजुजले आयोजना गर्ने साप्ताहिक चिठ्ठाको गत शनिबारको १४१औं खेपमा उनले चिठ्ठा जित्न सफल भएका हुन् । उनी डेढ वर्षदेखि चिठ्ठा खरिद गर्दै आएका थिए ।
तुलसी ११ वर्षदेखि युएईमा निर्माण कम्पनीमा प्राविधिकका रुपमा कार्यरत रहेको जनाइएको छ । उनीसँगै ४४ वर्षीय सुडानी नागरिक अगिबले ५० हजार दिराम बराबरको सुनको सिक्का जितेका छन् ।
चिठ्ठा जितेको खबर तुलसीले इमेलमार्फत पाएका थिए । यो रकमले अब नेपालमा घर बनाउने तुलसीको सपना रहेको बताएको गल्फन्युज डटकमले उल्लेख गरेको छ ।







