सीता दाहालको पशुपतिमा अन्त्येष्टि, प्रचण्ड र दुई छोरीले दिए दागबत्ती

प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डकी पत्नी सीता दाहालको राजकीय सम्मानका साथ पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको छ ।

सीतालाई प्रचण्ड तथा दुई छोरी रेणु र गंगाले दागबत्ती दिएका हुन् । सीता दाहालको बुधबार बिहान ८ः३३ बजे थापाथलीस्थित नर्भिक अस्पतालमा निधन भएको थियो ।

उनको शवलाई अन्त्येष्टिका लागि पशुपति आर्यघाट लैजानुअघि नेकपा (माओवादी केन्द्र) को पार्टी कार्यालय पेरिसडाँडामा राखिएको थियो ।

जहाँ विभिन्न राजनीतिक दलका नेता/कार्यकर्ता तथा शुभचिन्तकहरुले श्रद्धाञ्जली दिएका थिए । शीर्ष नेताहरूले पशुपति आर्यघाटमा पुगेर पनि सीताप्रति श्रद्धाञ्जली अर्पण गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?