भण्डारीले गरे एनआरएनए जापानको अध्यक्षमा उम्मेदवारी घोषणा

टोकियो । यहि अगस्त ३ तारिखमा हुने गैरआवासीय नेपाली संघ (एनआरएनए) जापानको अध्यक्षमा देवीलाल भण्डारीले अध्यक्षमा उम्मेदवारी घोषणा गरेका छन् ।

यस अघि एनआरएनए जापानका विभिन्न समितिहरुमा बसेर काम गरेका भण्डारीले एक पटक अध्यक्षका रुपमा काम गर्ने मौका दिन जापानबासी नेपालीहरुमा आग्रह समेत गरेका छन् ।

भण्डारीले एनआरएनए जापानलाई चलायमान, गतिशील र जापानमा रहेका सम्पूर्ण नेपालीको साझा संस्था बनाउनका लागि आफुले उम्मेदवारी दिनु परेको बताएका छन् ।

भण्डारीले जापाबासी सम्पुर्ण नेपालीहरुका लागि काम गर्ने बताउँदै नेपालीका समस्या र समस्या समाधानका लागि आफु अहोरात्र खटिने बताएका छन् ।

उनले वास्तविक काम गर्ने व्यक्तिलाई चुन्न आग्रह गर्दै हल्ला गर्नेले काम गर्न नसक्ने बताएका छन् । भण्डारीले आफु अध्यक्षमा निर्वाचित भए जापानस्थित नेपाली दूतावास सहित जापानमा क्रियाशील सबै संघ संस्थाहरुलाई समेत साथमा लिएर नेपालमा लगानी भित्राउने, पर्यटन प्रवद्धन गर्ने र नेपालको विकासका लागि जापानबाट आवश्यक सहयोग र पहल गर्ने बताएका छन् ।

भण्डारीले जापानमा नेपालका कला, साहिल्य, पुरातन संस्कृति र नेपालका प्राकृतिक पर्यटकीय क्षेत्रहरुका बारेमा प्रचार प्रसार गर्दै जापानीहरुलाई नेपाल भ्रमणमा प्रेरित गर्ने र जापानमा नेपाल चिनाउने कामलाई तिब्रता दिने प्रतिवद्धता पनि जनाएका छन् । उनले आफुले समावेशी सहभागिताका आधारमा एनआरएनए जापानको टिम परिचालन गर्ने योजना समेत बनाएको उल्लेख गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?