
धरान उपमहानगरको मेयर बनेर चर्चामा आएका हर्क साम्पाङको श्रम संस्कृति पार्टीले प्रतिनिधिसभा निर्वाचनमा खाता खोलेको छ ।
खोटाङबाट श्रम संस्कृति पार्टीका आरेन राई विजयी भएका हुन् । उनले १६ हजार ६१२ मत ल्याएर विजयी हुँदा एमालेका देवविक्रम राईले १२ हजार ७१४ मत ल्याएका छन् ।
नेपाली कांग्रेसका वीरकाजी राईले ११ हजार ९५७ मत ल्याए भने नेपाली कम्युनिस्ट पार्टीका हरि रोकाले ९ हजार ४४३ मत ल्याएका छन् । खोटाङमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का रुद्र गिरीले ५ हजार ७०४ मत प्राप्त गरेका छन् ।

