अपडेट: भूकम्पका कारण भत्केका कमजोर संरचनाले थिचिएर मृत्यु हुनेको संख्या १३८ पुग्यो

काठमाडौं । पश्चिम नेपालको जाजरकोटमा गएराती गएको भूकम्पका कारण भत्केका कमजोर संरचनाले थिचिएर मृत्यु हुनेको संख्या १३८ पुगेको छ ।
नेपाल प्रहरीका अनुसार जाजरकोटमा १०० जना र रुकुम पश्चिममा ३८ जनाको मृत्यु भएको छ ।

यद्यपि स्थानीय तहहरुले संकलन गरेको विवरण केही बढी पनि देखिएको छ । नेपाल प्रहरीले दिउँसो २ बजेसम्म संकलन गरेको विवरण अनुसार घ威而鋼 ाइतेको संख्या १६६ छ । जसमध्ये जाजरकोटमा ८१ र रुकुमपश्चिममा ८५ रहेका छन् ।

शुक्रबार राति ११ बजेर ४७ मिनेट जाँदा जाजरकोटको बारेकोट गाउँपालिका–१ रामीडाँडा केन्द्रविन्दु भएर ६.४ रेक्टर स्केलको भूकम्प गएको थियो । भूकम्पपछि अवस्थाको अवलोकनका लागि प्रधानमन्त्री पुष्पकमल दहाल प्रचण्ड पनि प्रभावित क्षेत्रमा पुगेका थिए ।
यसैबीच सरकारले विनासकारी भूकम्प प्रभावितको खोज, उद्धार र राहत व्यवस्थापनका लागि तत्काल १० करोड रुपैयाँ पठाउने निर्णय गरेको छ । उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठको अध्यक्षतामा बसेको बैठकले भूकम्प प्रभावित दुवै जिल्लामा जनही ५/५ करोड रुपैया पठाउने निर्णय भएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?