
संविधान सभाका अध्यक्ष तथा नेकपा एमालेका उपाध्यक्ष सुवास नेम्वाङको आज बिहान ११ बजे पशुपति आर्यघाटमा अन्त्येष्टि गरिँदै छ ।
सरकारले नेम्वाङको राजकीय सम्मानका साथ अन्त्येष्टि गर्ने र सार्वजनिक बिदा दिने निर्णय गरेको छ । नेम्वाङको सोमबारराति हृदयाघातका कारण निधन भएको छ ।
एमालेले विज्ञप्ति जारी गर्दै उपाध्यक्ष नेम्वाङको शवयात्राको रुट पनि तय भएको जनाएको छ ।
नेम्वाङको शव बालुवाटारबाट शिक्षण अस्पताल, महाराजगञ्ज–नारायणगोपाल चोक–धुम्वाराही–चावहिल–गौशाला हुँदै पशुपति आर्यघाट पु¥याइने छ ।
नेम्वाङप्रति मंगलबार र बुधबार विभिन्न राजनीतिक दलका नेताहरू, कूटनीतिक नियोगका प्रमुख, समाजका विभिन्न क्षेत्रका प्रतिष्ठित व्यक्तित्वहरु, उच्चपदस्थ अधिकारी, पार्टीका नेता कार्यकर्ता, शुभेच्छुकले श्रद्धाञ्जली अर्पण गरेका थिए ।
नेम्वाङको सोमबारराति नै निधन भए पनि दुवै छोराहरु विदेशमा रहेका कारण स्वदेश फर्किएपछि अन्त्येष्टि गर्न लागिएको हो ।
