
६० किलो सुन तस्करी प्रकरणमा थप एक जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा बाराका शिव कुमार सफर रहेका छन् ।
योसँगै त्रिभुवन विमानस्थल भन्सारबाट बाहिरिएको ६० किलो बढी सुन प्रकरणमा पक्राउ पर्नेहरुको संख्या २७ पुगेको छ ।
गत साउन ३ गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बाहिरिएको सुन राजश्व अनुसन्धान विभागले सिनामंगलबाट पक्राउ गरेको थियो ।
ब्रेक सुमा लुकाएर तस्करी गरिएको सुन प्रकरणमा चिनियाँ व्यापारी र नेपाली सहयोगीहरुलाई पक्राउ गरी अनुसन्धान गरिरहेको छ ।
